नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
काठमाडौँ । नेपाल एसबीआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । हालै आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि बैंकले उक्त सहयोग गरेको हो ।
उक्त सहयोग रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत विकास आनन्द रितेश अर्याललगायत सहभागी थिए ।
वि.सं.२०८१ असोज २० आइतवार २०:४५