back

कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

सिन्धुपाल्चोक असोज १५,निकट रहेको दशैंमा बजार मूल्य प्रभावित हुन नदिन चिनियाँ भन्सारको कर समेत तिरेका चाडबाड लक्षित सामान बोकेका कन्टेनरहरु रसुवा गढी र तातोपानी छिर्न सकेका छैनन् । अधिक बर्षाको कारण आवागमन रोकिनाले उक्त कन्टेनरहरु स्याउ, लसुन, प्याज, लत्ताकपडा बोकेर नेपाल भित्रिदै गर्दा सडकमा पहिरो गएको र बाढीले पुल बगाएकोले अलपत्र अवस्थामा रहेको गुनासो हिमालपार व्यापार संघका सचिव आङ्दोर्जे शेर्पाले भौतिक पुर्वाधार बिकास मन्त्री मा. देबेन्द्र दाहाल समक्ष राखे । यहि असोज १२ गतेको अबिरल बर्षाले भोटेकोशी, तातोपानीक‍ो लिपिङ् खोलाको पक्की पुल र लार्चाको बेलीबृज बगाएको र केरुङ तथा खासा बजार जोड्ने सडकको अधिकांश भागमा पहिरो गएको थियो । यसबाट नेपाल चीनको स्थलगत ब्यापारिक नाका ठप्प भई हजारौ कन्टेनर अलपत्र अवस्थामा छन । यहि असोज १५ गते नेकपा(एमाले) का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका ईन्चार्ज सरेश नेपालको समन्वयमा शिंहदरवार स्थित भौतिक पुर्वाधार बिकास मन्त्रालयमा माननीय मन्त्रीसंग सिन्धुपाल्चोक एमाले पार्टीका उपलबध नेताहरु र ब्याबसायी क्षेत्रका अगुवाहरुले ध्यानाकर्षण गराएका थिए । मा. मन्त्री दाहालले तत्काल बेलिबृज जोड्ने र पहिरो पन्छाई आवागमन सहज बनाउन सरकार लागिरहेको बताउनु भएको थियो । स्थानीयहरुका कारण उत्पन्न समस्या समाधानमा सघाउन आग्रह गर्दै उक्त सडकलाई सुचारु गर्न र अस्थायी पुल निर्माण गर्न आवस्यक बजेटको कमि हुन नदिने बिश्वास दिलाउनु भएको थियो । अरनिको राजमार्गको स्तर उन्नती गर्न यो बर्ष मात्र एक अर्व बजेट ब्याबस्था मिलाएको जानकारी दिनु भयो ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...