back

नख्खुमा हेलिकोप्टर उडाएर उद्धार गर्न सकिएन : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नख्खुमा टहरामाथि बसेका मानिसहरूलाई भिजिबिलिटीका कारण हेलिकोप्टरमार्फत उद्धार गर्न नसकेको बताएका छन् । केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दागर्दै पनि बचाउन सकेनौ ।

यसमा दुःख व्यक्त गर्न चाहन्छु । किनभने हेलिकोप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटीका कारणले सकिएन ।’ उनले जमिनबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले रेस्क्यु गर्ने क्रममा सशस्त्र प्रहरीकै मानिसहरूलाई समेत बगाएको र पछि उद्धार समेत गरिएको जानकारी दिए ।

मन्त्री लेखकले जोखिममा परेका सबै नागरिकको उद्दारलाई सरकारले प्राथमिकतामा राखेको बताए । नख्खु खोलामा आएको बाढीले शनिबार बिहान उद्दारको पखाईमा रहेका ३ जनालाई बाढीले बगाएको थियो । साथै मन्त्री लेखकले अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको र त्यसको जानकारी लिने क्रम जारी रहेको बताए ।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...