back

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए।

उनका अनुसार अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधारणहरू उपत्यकाबाट बाहिरिएका थिए । प्रवक्ता खड्काले भने, ‘यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ ।’

चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए।

प्रवक्ता खड्काले भने, ‘सडक राम्रो नहुनु, सवारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’

खड्काकाअनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनले बताए।


बनेपा नगरपालिका
कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

वि.सं.२०८१ असोज १५ मंगलवार २१:२२

सिन्धुपाल्चोक असोज १५,निकट रहेको दशैंमा बजार मूल्य प्रभावित हुन नदिन...

बाढी पीडितको उद्धारमा आफै खटिए बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा

बाढी पीडितको उद्धारमा आफै खटिए बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा

वि.सं.२०८१ असोज १४ सोमवार २२:१७

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा उद्धारमा आफै खटिनु...

धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी सुचारु

धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी सुचारु

वि.सं.२०८१ असोज १४ सोमवार ०७:५७

काठमाडौं – धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक सुचारु भएको...

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

वि.सं.२०८१ असोज १३ आइतवार १७:२०

धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म...

मुक्तिनाथमा दर्शनार्थीको भिड

मुक्तिनाथमा दर्शनार्थीको भिड

वि.सं.२०८१ असोज ६ आइतवार ०८:५७

गण्डकी- प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ।...

वि.सं.२०८१ असोज १ मंगलवार १०:१४

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना...