back

२०८१ साल असोज ६ गते आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रका अधुरा कार्य पूरा हुनसक्छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला। स्वस्थ प्रतिकूल सक्छ, तर आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ। भ्रमण र तीर्थाटनको योग पनि रहेको छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सांस्कृतिक कार्यमा सरिक भइने छ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। दिष्ट भोजनको आनन्दसमेत पाइएला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुनर्मिलनको योग रहेको छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। स्थानान्तरण र सफल यात्राको सम्भावना छ । ठूला व्यक्तिहरूसँगको  भेटघाटले मन प्रसन्न हुनेछ। मध्यान्हमा भने बोलीको विपरीत अर्थ लाग्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईंको लागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ र विगतका समस्या बल्झिन सक्छन्। प्रेमी/प्रेमिकाकाबीच मतभेद पनि बढ्ला तर वैदेशिक, प्राविधिक र टेक्निकल कामहरूबाट लाभ मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको र ताकेको कार्य पनि पूरा होला। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन सामान्य नै रहनेछ। भाग्यशाली भएर देखा पर्नेछ। प्रतिस्पर्धा फाइदा हुने योग छ। विद्या, वुद्धि र सन्तान सुख मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन्। प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन्। मुद्दामामिलामा पनि विजयी भइनेछ । शेयर बजारले भने धोका दिन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुखदुख बराबरी खालको समय छ। कुनै कुराले मानसिक चिन्ता बढ्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। साँझमा भने प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साथीभाइसँग समय बित्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नजिकको व्यक्तिबाट कार्य पूरा हुनेछ। हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ज्ञान सिक्ने मौका मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफ्नो पेसामा बढुवा तथा सरुवाको योग रहेको छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। मध्य दिनमा भने धनमाल हराउने योग भएकाले सजग रहनुहोला।


बनेपा नगरपालिका
आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै

आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:१८

काठमाडौं । धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका तिजको...

हेर्नुहोस् आजको राशिफल

हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० भदौ २ शनिवार १३:११

कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ,...

नेपाली मौलिक बाजा प्रशिक्षण सम्पन्न

नेपाली मौलिक बाजा प्रशिक्षण सम्पन्न

वि.सं.२०७८ मंसिर २९ बुधवार १२:५१

पाँचथर २९ मंसिर । बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको...

दुःखमा साराथी बन्दै कटुञ्जे युवा क्लब

दुःखमा साराथी बन्दै कटुञ्जे युवा क्लब

वि.सं.२०७८ साउन १६ शनिवार २१:४८

गत असारको बाढीले अति प्रभावित मेलम्ची क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणमा...

लायन्स क्लब चौतारा सिटिको अध्यक्षमा शर्मा

लायन्स क्लब चौतारा सिटिको अध्यक्षमा शर्मा

वि.सं.२०७८ साउन १६ शनिवार २१:४५

अन्र्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको सन्तान सिन्धुपाल्चोक चौतारामा समेत फैलिएको...

बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

वि.सं.२०७८ साउन १६ शनिवार २१:४०

इलाका प्रहरी कार्यालय बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह...