नेपाली काँग्रेस बागमती प्रदेशको सम्मान मेलम्ची नगरपालिकालाई
नेपाली काँग्रेस बागमती प्रदेशले मेलम्ची नगरपालिकालाई सम्मान गरेको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा दोस्रो भएको मेलम्चीलाई आज एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङलाई प्रमाणपत्र सहित सम्मान गरेको हो । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको पालिका मध्य मेलम्ची नगरपालिका दोस्रो भएकोमा सम्मान गरिएको हो ।
नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ,नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल गौतमको प्रमुख आतिथ्य,स्थानीय तह समन्वय विभागका प्रमुख उपेन्द्र लम्साल लगायतको उपस्थितिमा भएको कार्यक्रममा नगर प्रमुख तामाङलाई सम्मान गरिएको हो । सम्मान पछि नगर प्रमुख तामाङले नेपाली काङ्ग्रेस बागमती प्रदेशलाई धन्यवाद व्यक्त गर्नुभयो । यस अघि पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवाले नगरपालिकाका प्रमुख आइतमान तामाङलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको हो ।
वि.सं.२०८१ असोज ५ शनिवार २०:३८