back

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन्। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार अमेरिका उड्न लागेका हुन्।

ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजनामा हुने स्वागत समारोहमा सहभागी हुनेछन्।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ। साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तालिका छ।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...