back

सुनको मुल्यमा नयाँ किर्तीमान

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गर्ने क्रम निरन्तर रुपमा चलिरहेको छ । दिन दिनै सुनको मुल्यमा रेकर्ड कायम हुँदै गत हप्ताभरी पनि सुनले नयाँ रेकर्ड बनाइरह्यो ।

अहिले सुन तोलाकै एक लाख ५६ हजार ३०० रूपैयाँको उचाइमा पुगिसकेको छ ।

गत बुधबार रेकर्ड कायम गरेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको थियो । गत साताभरमा भने सुन ४ हजार २०० रूपैयाँले महंगिएको थियो ।

गत आइतबार सुन प्रतितोला एक लाख ५२ हजार १०० रुपैयाँ रहेको सुनको मुल्य सोमबार र मंगलबार बढेर प्रतितोला एक लाख ५२ हजार ४०० रूपैयाँ पुग्यो । तर, बुधबार भने सुनको मूल्य उच्च रेकर्ड राख्दै प्रतितोला एक लाख ५३ हजार ४०० रूपैयाँ पुग्यो । त्यसपछि बिहिबार भने सुनको भाउ सामान्य घटेर तोलाको एक लाख ५३ हजार ३०० रूपैयाँमा झरेको थियो । शुक्रबार पुनः अर्को रेकर्ड कायम गर्दै एक लाख ५६ हजार ३०० रूपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावका कारण सुनको भाउ बढिरहेको एक थरीको भनाइ छ । कच्चा तेलको मुल्यमा भएको वृद्धि तथा डलरको विनिमय दरमा देखिएको स्थिरताले पनि सुनको मुल्य वढेको सुन व्यवसायीहरुको भनाइ छ । आजको राजधानी दैनिकबाट


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...