back

मंकीपक्स संक्रमणको उच्च जोखिममा नेपाल, रोकथामका लागि सातै प्रदेशमा तयारी सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ। मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। ‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स संक्रमण देखिएकाले पनि नेपाल मंकीपक्स संक्रमणको जोखिम नरहेको भन्न सकिँदैन,’ उनले भने।

उनले मंकीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताए। मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ। केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मंकीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ वी’ फैलिरहेको छ। मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि मंकीपक्स संक्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालीन घोषणा गरेको छ।

सर्ने तरिका
मंकीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्‍यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ।

मंकीपक्स संक्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्दछन। आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्छ।

मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भए तापनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मंकीपक्स संक्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने जनाइएको छ।


बनेपा नगरपालिका
पुर्व स्वास्थ्य मन्त्री बस्नेतद्वारा चौतारा अस्पतालमा डायलाइसिस सेवा शुभारम्भ

पुर्व स्वास्थ्य मन्त्री बस्नेतद्वारा चौतारा अस्पतालमा डायलाइसिस सेवा शुभारम्भ

वि.सं.२०८१ असोज ६ आइतवार २१:०६

सिन्धुपाल्चोक, ६ असोज : पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं...

देशभर ८० जनामा हैजा सङ्क्रमण, एक जना अस्पताल भर्ना

देशभर ८० जनामा हैजा सङ्क्रमण, एक जना अस्पताल भर्ना

वि.सं.२०८१ भदौ २५ मंगलवार २०:४२

काठमाडौँ । देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ ।...

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ १६ बुधवार ००:३९

ललितपुर, १५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:३४

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु...

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

वि.सं.२०८१ वैशाख ३० आइतवार १८:०७

काठमाडौँ, ३० वैशाख : प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा...

फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

वि.सं.२०८० असोज ८ सोमवार २१:४२

काठमाडौं, ८ असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले...