back

केसीसीको शैक्षिक प्रदर्शनी शुक्रबारदेखि, १२ हजारले अवलोकन गर्ने अनुमान

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले ‘केसीसी एक्जिबिट २०२४’ आयोजना गर्ने भएको छ । कलेजले यही साउन ३२ र भदौ १ गते प्रदर्शनी गर्न लागेको प्रदर्शनीका मिडिया संयोजक तथा कलेजका वरिष्ट प्रशासन प्रमुख राजिव तिमिल्सिनाले बताए ।
कलेजले आयोजना गरेको यो १७औं श्रृंखला हो । प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेछन् । सिंह क्याम्पस रहेको क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सांसद पनि हुन् । प्रदर्शनीमा विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु राखिने कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्कीले बताए । कार्कीले विद्यार्थीले औपचारिक अध्ययनसँगै रोजगारमा पनि जोडिन चाहेको शिक्षा खोजेकाले आफूहरुले त्यस्तै शिक्षा प्रदान गर्दै आएको बताए । कार्कीले प्रदर्शनीले विद्यार्थीहरुमा केही गरौं भन्ने भावना जाग्ने अपेक्षा गरेको जनाएका छन् ।
केसीसी एक्जिबिट २०२४ को मूल नारा ‘क्ष्ललयखबतभ, भ्हजष्दष्त, क्ष्लकउष्चभ’ (आविष्कार, प्रदर्शन, उत्प्रेरणा) रहेको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँनयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् । प्रदर्शनीमा उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यससम्बन्धी अन्तरक्रिया गर्नेछन् ।

प्रदर्शनीमा राखिने नमुनाहरु इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित रहने छन् । प्रदर्शनीमा १२ हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको पनि मिडिया संयोजक तिमल्सिनाले बताए ।
कलेज प्राङ्गणमै हुने प्रदर्शनीमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहित राष्ट्रिय स्तरका कलाकारहरुको विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने मिडिया संयोजक तिमल्सिनाले जानकारी दिए । दुई दिन चल्ने प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवद्र्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरिएको उनले बताए ।
प्रदर्शनीमा ‘इन्नोभेसन इन इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ टू इन्हान्स इफिसियन्सी एण्ड सस्टेनेबिलिटी’ शीर्षकमा कन्फरेन्स पनि हुनेछ । यो कन्फरेन्समा तीन वटा महत्वपूर्ण पेपर प्रस्तुति र प्यानल डिस्कसनसमेत हुने छन् ।
कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, ब्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन हुने अग्रणी कलेज हो ।


बनेपा नगरपालिका
आज देखि तीन दिन विद्यालय बन्द ,सबै परिक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न शिक्षा मन्त्रालयको अपिल

आज देखि तीन दिन विद्यालय बन्द ,सबै परिक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न शिक्षा मन्त्रालयको अपिल

वि.सं.२०८१ असोज १३ आइतवार ०८:०२

असोज १३,काठमाडौ शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले देशमा आएको अविरल...

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

वि.सं.२०८१ असोज ८ मंगलवार ०८:४४

काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।...

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

वि.सं.२०८० भदौ २० बुधवार १३:५३

काठमाडौं।कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १०...

डेंगुबाट ७४ जिल्लामा १३ हजार बढी मानिस सङ्क्रमित

डेंगुबाट ७४ जिल्लामा १३ हजार बढी मानिस सङ्क्रमित

वि.सं.२०८० साउन ३१ बुधवार ११:०२

काठमाडौं श्रावण ३१,देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा...

आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै

आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै

वि.सं.२०७८ माघ २३ आइतवार ०८:२४

काठमाडौं, माघ २३। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी...

१२ कक्षा उत्तीर्ण विद्यार्थीहरुलाई लक्षित गरि ‘भर्चुअल एडुफेयर’ सुरु

१२ कक्षा उत्तीर्ण विद्यार्थीहरुलाई लक्षित गरि ‘भर्चुअल एडुफेयर’ सुरु

वि.सं.२०७८ पुस १९ सोमवार १९:५२

काठमाडौं,कक्षा १२ उत्तीर्ण विद्यार्थी र तिनका अभिभावकहरुलाई कलेज र स्नातक...