back

रेलमार्ग र पानीजहाज सञ्चालन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना बनाउन निर्देशन दिए ।

नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गरे । पानीजहाजबाट सीमा पारदेखि सामान ल्याउन–लैजान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उनको भनाइ थियो ।

“पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खेलौँ । ठूला भन्सार पनि खोलौँ । सबै काम त्यहीँबाट हुन्छ । यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ”, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित सहभागी कर्मचारीरइञ्जिनियरलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले भने, “पानीजहाजसँगै अब हामी रेल यातायातमा जानुुपर्छ हाल सञ्चालित कुर्था–जनकपुुर रेलमार्गमा दुई वटा रेल थप्नुुपर्छ । त्यहाँको मार्गलाई बर्दिवाससम्म ल्याउनुपर्छ । पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ । काठमाडौँमा जमिनमुनी रेल चल्न सम्भव छैन भने स्काइ रेल चलाउनुपर्छ ।’’

प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम रेल सञ्चालन भएपछि भारतीयहरु पनि ग्वाँटीबाट नेपाल हुँदै छोटोमार्गबाट दिल्ली तथा सिलीगुरीबाट हरिद्वारसम्म पुग्न सक्ने बताए। उनले चालु रहेका राष्ट्रिय गौरवका आयोजना र योजनास्तरीय ढङ्गले छिटो सम्पन्न गर्न ध्यान दिन पनि आग्रह गरे ।


बनेपा नगरपालिका
सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री

सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री

वि.सं.२०८१ असोज ३ बिहीवार १४:१०

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न...

अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री

अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री

वि.सं.२०८१ भदौ १६ आइतवार ०७:३६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल २० महिना...

नेपाली समाजमा विकुति  ल्याउने र बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

नेपाली समाजमा विकुति ल्याउने र बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

वि.सं.२०८१ साउन ३० बुधवार ०९:४१

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक...

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

वि.सं.२०८१ साउन ७ सोमवार ०८:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका...

को–को छन नयाँ मन्त्री बन्ने दाउमा

को–को छन नयाँ मन्त्री बन्ने दाउमा

वि.सं.२०८१ असार २८ बिहीवार ०८:०७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काम गर्नसक्ने सांसदलाई मात्रै...

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:०२

काठमाडौँ, २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल...