back

को–को छन नयाँ मन्त्री बन्ने दाउमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काम गर्नसक्ने सांसदलाई मात्रै मन्त्री बनाउने भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारमा परिणाम दिन सक्नेलाई मात्रै मन्त्री बनाउने बताए ।

एमाले र नेपाली कांग्रेससहितका दलहरूले ओली नेतृत्वमा गठन गर्ने भनिएको सरकारमा सहभागी हुने मन्त्री’ बिषयमा छलफल सुरु भएको छ । तर, एमाले र कांग्रेसले मन्त्री हुनेको नाम भने टुंगो लगाएका छैनन् । दुवै दलले आन्तरिक छलफल गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ असारमा विश्वासको मत लिएपछि मात्रै यस’बिषयमा टुंगो लगाउनेछन् ।

एमाले सचिवालय बैठकले संविधानको धारा ७६ को उपधारा २ अनुसारकै सरकार बन्ने र यसमा कुनै पनि संवैधानिक जटिलता नरहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन् ।

बैठकमा एमाले अध्यक्ष ओलीले कांग्रेससँग संविधान संशोधन गर्न आयोग बनाउने ’बिषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । यसअघि कांग्रेस र एमालेबीच संविधान संशोधन गर्नका लागि कल्याण श्रेष्ठको नेतृत्वमा आयोग बनाउने कुरा बाहिर आएको थियो ।

बैठकमा ओलीले त्यस्तो आयोग बनाउने’बिषय कुनै सहमति नभएको खुलासा गरेका हुन् । उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताए । तर, निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको पनि उनको स्पष्टोक्ति थियो । उनले आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्दै आयोग बन्ने भन्ने कुरा नभएको जनाएका छन् ।

‘अनुभवहरूले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो, योयो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौं, कसैको नेतृत्वमा आयोग बनेको छैन,’ बैठकमा अध्यक्ष ओलीले भने, ‘कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन, मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा सम्बद्र्धन गर्नका लागि र समृद्ध नेपाल अनि सुखी नेपाली बनाउनका लागि जे आवश्यक पर्छ, त्यो संशोधन गर्ने भनेको हो ।’

एमाले र कांग्रेस मिल्दा अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैलाउनका लागि बोलिएको ओलीको टिप्पणी छ । यस्तै, उनले कांग्रेससँग मन्त्रालयको बाँडफाँट भइनसकेको बताए । को–को सरकारमा सहभागी हुन्छन्, सोहीनुसार मन्त्रालयको भागबन्डा टुंग्याउने उनको भनाइ छ । कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने पनि ओलीले बताए । आजको राजधानी दैनिकबाट


बनेपा नगरपालिका
सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री

सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री

वि.सं.२०८१ असोज ३ बिहीवार १४:१०

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न...

अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री

अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री

वि.सं.२०८१ भदौ १६ आइतवार ०७:३६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल २० महिना...

नेपाली समाजमा विकुति  ल्याउने र बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

नेपाली समाजमा विकुति ल्याउने र बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

वि.सं.२०८१ साउन ३० बुधवार ०९:४१

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक...

रेलमार्ग र पानीजहाज सञ्चालन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

रेलमार्ग र पानीजहाज सञ्चालन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

वि.सं.२०८१ साउन २१ सोमवार ०९:३१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल...

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

वि.सं.२०८१ साउन ७ सोमवार ०८:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका...

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:०२

काठमाडौँ, २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल...