back

ईन्द्रावतीमा स्थानिय विपद व्यवस्थापन समितिको वैठक सम्पन्न

सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिकामा पालिका स्तरीय विपद व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ । आज गाँउपालिकाका अध्यक्ष तथा ईन्द्रावती गाँउपालिका स्तरीय विपद व्यवस्थापन समितिको संयोजक श्री झम्कनाथ नेपालको संयोजकत्वमा बैठक सम्पन्न भएको हो ।
बैठकमा मनसूनजन्य विपदको पूर्वतयारी सम्बन्धमा छलफल भएको थियो । बैठकलाई सम्बोधन गर्दै ईन्द्रावती गाँउपालिका अध्यक्ष झम्कनाथ नेपालले ससस्त्र प्रहरी र नेपाल आर्मिलाई तयारी अवस्थामा रहि विपदको समयमा सहयोग गर्नको लागि आवश्यक श्रोत तथा साधनको लागि सहयोग गर्ने बताउनुभएको छ । अबको समयमा मनसुनजन्य विपदहरु आउने भएकाले पालिका तथा वडागत विपद व्यावस्थापन समितिलाई सर्तक र तयारी अवस्थामा रहन उहाँले आग्रह गर्नुभएको छ ।

बैठकमा ईन्द्रावती गाँउपालिमकामको मनसूनजन्य विपदको प्रतिकार्य योजना सम्बन्धमा पनि छलफल गरीएको थियो । कार्यदलको प्रतिवेदन स्वीकृत सम्बन्धमा पनि बैठकमा छलफल भएको हो । वाढी पहिरो तथा आगलागी वाट भएको क्षतिको रोकथाम तथा राहत सम्बन्धमा र लाभग्राही कायम सम्बन्धमा छलफल गरीएको हो ।
कार्यक्रममा उपाध्यक्ष सोभना तामाङ, प्रमुख प्रसासकीय अधिकृत पूर्ण प्रसाद दुलाल, पुर्वाधार विकास समिति संयोजक शशिनाथ आचार्य, आर्थिक विकास समिति संयोजक तिलक बहादुर रोक्का, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक रामहरी दनुवार, पर्यटन विकास समिति संयोजक डिल बहादुर श्रेष्ठ, सुशासन समिति संयोजक मिठु नेपाली, वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे, इन्द्रध्वज गण मेलम्चीका प्रमुख सेनानी मधु कुमार अधिकारी, सशस्त्र प्रहरी बल मेलमचीका प्रमुख बिर भद्र नाथ, ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख जय नेपाल थापा, क्रियाशिल संघसंस्थाका प्रतिनिधीहरु लगाएत राजनितिक दल तथा सरोकारवालाहरुको सहभागितामाकार्यक्रम सम्पन्न भएको हो ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...