नेप्से परिसूचक २३ अंकले घट्यो
काठमाडौँ । सरकारले प्रस्तुत गरेको बजेटमार्फत लगानीकर्ता असन्तुष्ट देखिएका छन् । बजेट प्रस्तुत भएको भोलीपल्ट अर्थात बुधबार भएको कारोबारमा लगानीकर्ता निराश बनेको झल्किएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.८१ प्रतिशतले घटेको छ ।
सेयर बजारका लगानीकर्ताका अनुसार बजेटमार्फत सरकारले बजार सुधारको योजना समेट्न सकेन । यद्यपि, यो क्षेत्रलाई थप बिगार्ने नीति समेत नलिएको उनीहरूको प्रतिक्रिया थियो । तर बुधबार बजेटपछि पहिलोपटक भएको कारोबारमा परिसूचक दोहोरो अंकले खुम्चिएको हो ।
१.१२ प्रतिशतले खुम्चिएसँगै नेप्से परिसूचक २०८९ अंकले घटेको छ । यसक्रममा बुधबार ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०८१ जेठ १६ बुधवार १९:१३