back

एमालेको पहिलो राष्ट्रिय महिला भेला जेठ १६,१७गते हुने, सबै तयारी पुरा

काठमाडौ । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ ।

आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओली रहनुहुने जानकारी दिनुभयो ।

२०६३ साल जेठ १६ गते नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो । संसदको यही सङ्कल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो । नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आइरहेको छ । ‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौं,’ पत्रकार सम्मेलनमा ढकालले भन्नुभयो- ‘यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा गरिने छ, चुनौतीहरूका विषयमा छलफल गरिने छ र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ ।’


बनेपा नगरपालिका
सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री

सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री

वि.सं.२०८१ असोज ३ बिहीवार १४:१०

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न...

अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री

अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री

वि.सं.२०८१ भदौ १६ आइतवार ०७:३६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल २० महिना...

नेपाली समाजमा विकुति  ल्याउने र बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

नेपाली समाजमा विकुति ल्याउने र बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

वि.सं.२०८१ साउन ३० बुधवार ०९:४१

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक...

रेलमार्ग र पानीजहाज सञ्चालन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

रेलमार्ग र पानीजहाज सञ्चालन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

वि.सं.२०८१ साउन २१ सोमवार ०९:३१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल...

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

वि.सं.२०८१ साउन ७ सोमवार ०८:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका...

को–को छन नयाँ मन्त्री बन्ने दाउमा

को–को छन नयाँ मन्त्री बन्ने दाउमा

वि.सं.२०८१ असार २८ बिहीवार ०८:०७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काम गर्नसक्ने सांसदलाई मात्रै...