back

आज बुद्ध जयन्ती पूजा, आराधना गरि मनाइँदै

काठमाडौं– शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।

आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ


बनेपा नगरपालिका
समाजवाद र दशाैँ महाधिवेशन

समाजवाद र दशाैँ महाधिवेशन

वि.सं.२०७८ मंसिर १९ आइतवार १६:३५

अनिता श्रेष्ठ अहिले नेपाली राजनितिमा धेरै प्रचलन र जिब्रो जिब्रोमा...

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न प्रस्ताव

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न प्रस्ताव

वि.सं.२०७८ साउन १६ शनिवार १६:२९

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भदौ १६ गतेदेखि वडा...