back

बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघको प्रभातफेरी

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको २७ औं केद्रिय महाधिवेशन–२०८१ तथा विश्व प्रेस स्वतन्त्रतता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ ।

महासंघले अधिबेशन सुरु हुनुअघि काठमाडौंको रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरीको आयोजना गरेको हो।

शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपको प्रदर्शनी मार्गमा अवस्थित महाधिवेशन स्थल ‘राष्ट्रिय सभागृह’मा पुगेर टुंगिएको महासंघका काठमाडौं जिल्ला शाखा कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर गर्न लागिएको यस महाधिवेशन बुद्धको जम्मस्थल पवित्र भूमि लुम्बिनिमा गर्ने भनिए पनि मौसम र विभिन्न प्राविधिक समस्याका कारण काठमाडौंमा गर्ने निर्णय भएबमोजिक सो महाधिवेशन हुन लागेको हो ।महासंघले यस अघि गत वर्ष चैत्र ३० गते काठमाडौंको कमलादीमा अवस्थित प्रज्ञा प्रतिष्ठानको एक सभाहलमा १२ औं अधिवेशन सम्पन्न गरिसकेको छ ।
महाधिवेशन भोलि शनिबार समापन हुनेछ ।

१९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारण सभाको निर्णयअनुसार प्रत्येक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको छ ।

बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना प्रकट गरेका छन्।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...