back

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्ण पदकसहित विश्व निकेतन मा.वि. त्रिपुरेश्वर प्रथम

काठमाडौं । काठमाडौं महानगर पालिकाको आयोजनामा भएको महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ। प्रतियोगितामा १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वरले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । पुस १७ गते देखि सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा बिश्वनिकेतन मा. वि.ले १२ स्वर्ण २ रजत र २ कास्य गरी १६ पदक र नगद रु ५० हजार प्राप्त गरेको छ । पदमकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा शिक्षा विभागले आयोजना गरेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, सामाजिक बिकास समितिका संयोजक रामकुमार के. सी., निमित्त प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी सीताराम कोइरालाले पदक र शिल्डसहित विद्यालय र खेलाडी भाइबहिनीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

गएको बर्ष राष्ट्रपति रनिङ शिल्ड प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयलाई शिल्डको रेप्लिका प्रदान गरिएको छ ।

प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्ने पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो र ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरुलाई क्रमशः ४० हजार रुपैयाँ र ३० हजार रुपैयाँ सहित पुरस्कृत गरियो । ५ स्वर्ण, १ रजत र १ कास्य पदक हासिल गर्ने ज्ञानोदय माध्यमिक विद्यालयले सान्त्वाना स्थान हासिल गरेको छ ।
समापन कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले खेलमा सहभागी सबै खेलाडीले कुनै न कुनै रुपमा खेल जितेको बताउँदै खेलमा सफल हुनेहरु व्यवहार र आचरणमा असल हुन सुझाव दिनुभयो । त्यस्तै सामाजिक समितिका संयोजक राम कुमार के. सी.ले महानगर स्तरमा जितेका खेलाडीहरुले जिल्ला र प्रदेश स्तरमा हुने प्रतिस्पर्धामा पनि उत्कृष्ट नतिजा ल्याउनेमा विश्वाश व्यक्त गर्नुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी सीताराम कोइरालाले खेलमा सहभागी कोही पनि विद्यार्थीले नहारेको बताउनुभयो । खेलबाट जागृत भएको आत्मविश्वाशले आउँदा दिनका प्रतिस्पर्धामा आफूलाई अझ बलियो बनाउन सकिने उहाँको भनाइ थियो । कार्यक्रम सफल बनाउन शिक्षाका सबै क्षेत्रका ब्यक्तित्वहरुले पुर्याउनु भएकोको सहयोग प्रती आभार ब्यक्त गर्नुभयो।

प्रतियोगितामा छात्रा भलिबलतर्फ वडा नं. ६ बौद्धमा रहेको जनकल्याण माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ । विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो र कन्या मन्दिर माध्यमिक विद्यालय न्होखाले तेस्रो स्थान हासिल गरे । यस्तै गीताञ्जली उच्च मा.वि.ले सान्त्वाना स्थान हासिल गरेको छ ।
पुरुष भलिवल खेल तर्फ न्युटन चिल्डे«न एकेडेमी, बालुवाटार प्रथम, शान्ति शिक्षा मन्दिर, ठँहिटीले दोस्रो र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारले तेस्रो स्थान हासिल गरेका छन।
कवड्डी खेलमा छात्रतर्फ नासा इन्टरनेशनल कलेज पहिलो भएको छ । भानु माध्यमिक विद्यालयले दोस्रो र एक्स्पोडेल पब्लिक स्कूल र शान्ति विद्या मा. वि. गरी २ वटा विद्यालयले तेस्रो स्थान हासिल गरे ।

कवड्डी छात्रातर्फ पद्मकन्या माध्यमिक विद्यालयले प्रथम, बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो स्थान हासिल गरे । त्यस्तै कन्या मन्दिर माध्यमिक विद्यालय र कोटदेवी माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेका छन् ।

महानगर स्तरीय खेलबाट जिल्ला स्तरीय खेलका लागि १०१ जना खेलाडी छानिएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार भलिबल छात्रतर्फ २० जना, छात्रातर्फ २० जना, एथलेटिक्समा २८ जना, तेक्वान्दो, उसु र कराँतेमा १२/१२ जना खेलाडी छानिएका हुन् ।
यसरी छानिएका विद्यार्थीहरुलाई जिल्ला स्तरीय प्रतिस्पर्धा हुनु एक साता अगाडि प्रशिक्षण प्रदान गरिने अधिक्र दाहालको बताउनु भयो ।
पुस १७ गते दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलले खेलको उद्घाटन गर्नुभएको थियो ।
विभिन्न बिधामा भएको खेलमा ३ हजार २५० जना छात्रछात्रा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
समापन एवं पुरस्कार बितरण कार्यक्रममा महानगर शिक्षा अधिकृत मोतिप्रसाद भट्टराई, नेत्र नारायण पौडेल, शिक्षा बिभागका कर्मचारी, विभिन्न बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्र.अ. शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत ईन्द्र प्रसाद दहालले गर्नुभएको थियो।


बनेपा नगरपालिका
आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

वि.सं.२०८१ भदौ १८ मंगलवार ०९:४८

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको...

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

वि.सं.२०८१ भदौ ५ बुधवार २१:०९

काठमाडौं– नेपालमा जारी साफ यु–२० च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा...

युरोकपको फाइनलमा इङ्गल्यान्ड

युरोकपको फाइनलमा इङ्गल्यान्ड

वि.सं.२०८१ असार २८ बिहीवार ११:३४

काठमाडौँ-इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा...

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

वि.सं.२०८१ जेठ ३० बुधवार १६:४३

काठमाडौ । आइसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द...

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

वि.सं.२०८१ जेठ २१ सोमवार ११:१४

काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए...

आज नेपाल र अमेरिका भिड्दै :विश्वकप तयारी

आज नेपाल र अमेरिका भिड्दै :विश्वकप तयारी

वि.सं.२०८१ जेठ १७ बिहीवार १४:५९

काठमाडौं – टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज...