back

बिपद पुर्व तयारीका लागि सबैसँग सहकार्य गरेर काम थालनि गर्नेछौं :अध्यक्ष तामाङ

देवराज सुवेदी सिन्धुपाल्चोक ,बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले विपद पुर्व तयारीका लागि अन्य पालिकासंग समन्वय गरेर काम गरिने बताउनुभएको छ ।बिहीवार बलेफी ५ मा आयोजित पुर्व सुचना प्रणाली सुदृढीकरणका लागि तालिमको समापन कार्यक्रमको समापन गर्दै अध्यक्ष तामाङले पुर्व सुचना प्रणाली जडान, विपद प्रतिकार्य लगायत कार्य पालिका एक्लैले गर्न असम्भव रहेकाले सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।उहाँले आफ्नो स्रोतले भ्याएसम्म पुर्व सुचना प्रणाली जडान लगायत बिपद जोखिम न्यूनीकरणको काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।त्यस्तै बलेफी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सलबहादुर पाण्डेले पालिकामा रहेको वर्षा मापन केन्द्रको संख्या थाहा भएको बताउदै अब केन्द्र थप्ने र प्रभावकारी सञ्चालनमा ध्यान दिने बताउनुभयो ।उहाँले क्षति न्यूनीकरण गर्न पुर्व सुचना प्रणाली महत्त्वपूर्ण हुने बताउनुभयो ।कार्यक्रमका सहभागीले बिपदको बजेट बिपद प्रतिकार्य र पुर्व सुचना प्रणाली लगायतमा खर्च गर्नु पर्नेमा जोड दिनुभयो ।तालिममा जिल्लाका ८ पालिकाका विपद फोकल पर्सन एबम प्रतिनिधि मौषम तथा हावापानी मापन केन्द्र अवलोकनकर्ता लगायत सहभागी रहेका थिए ।स्टेशनहरुको अवस्था , संख्या र त्यसको अवस्था तथा अपग्रेडिङ बारे अवलोकनकर्तालाई जानकारी गराइएको
सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यक्रम संयोजक इच्छाराम सापकोटाले जानकारी दिनुभयो ।यु. एस. एडको आर्थिक सहयोगमा प्राक्टिकल एक्सन, सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चको आयोजना र जल तथा मौसम विज्ञान विभागको प्राविधिक सहयोगमा स्थानिय गेज रिडर, डि आर आर फोकल पर्सन लगायत बिच अन्तरक्रिया कार्यक्रम गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिनुभयो ।जल तथा मौसम बिज्ञान बिभागका मौसमबविद बिराज कडेल, जलविद सुमित अधिकारी लगायतले प्रस्तुती तथा कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्न हरुको जवाफ दिनुभएको थियो ।
संस्थाको सोही कार्यक्रम बुधबार मेलम्चीमा भएको थियो ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...