back

नेपाल डेरी एसोसिएसन टिमले गर्‍यो बंगलादेशको भ्रमण”

काठमाडौं ।नेपाल डेरी एशोसिएसनको प्रतिनिधिमण्डल बंगलादेशमा दूध तथा दुग्ध पदार्थ निर्यातको सम्भावना अध्ययन गर्न त्यसतर्फ गएको नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए । बजारमा मागभन्दा बढी दूध आपूर्ति भएपछि उत्पादित दूध बजारमा खपत हुन छाड्यो । यसको समाधानका लागि व्यवसायीहरू नयाँ बजारको खोजीमा लागेको कुरा महासचिव खनालले बताए ।

दूधको उत्पादन बढेसँगै देशभर दूधबाट पाउडर उत्पादन गर्ने प्लान्ट पनि थपिएका छन् । यतिबेला देशभर छवटा डेरी उद्योगले पाउडर दूध उत्पादन गरिरहेका छन् । जेठसम्मको अवस्था हेर्दा एउटा उद्योगलाई पनि पाउडर उत्पादन गर्न दुध पुग्ने अवस्था थिएन । तर आज ६ वटा उद्योगले पाउडर बनाउँदा पनि किसानले उत्पादन गरेको सबै दूध खपत हुनसकेको छैन । जसले गर्दा अघोषित रुपमा मिल्क होलिडे जस्तै भएको छ ।

उत्पादन बढेपछि खेर जान नदिन दूधलाई पाउडरमा परिणत गरेर मौज्दात राख्न थालिएको हो । किसानले उत्पादन गरेको दूध संकलन हुननसक्दा अघोषित मिल्क होलिडेको सामना गर्नु परिरहेको गुनासो किसानहरूको छ ।

केही महिनायता दूध उत्पादनमा निरन्तर वृद्धि भइरहेका कारण उत्पादित दूधको व्यवस्थापन गर्ने चुनौती डेरी उद्योगहरूले व्यहोर्नुपरेको छ । पछिल्लो समय व्यावसायिक गाईपालन बढेसँगै उपभोग घटेका कारण दूधको उत्पादनमा बृद्धि भएको देखिन्छ ।

गत फागुनसम्म उत्पादित दूध जेनतेन बजारमा खपत भएको थियो । तर त्यसपछि बजारको मागभन्दा बढी दूध बजारमा आउनेक्रम अहिले निरन्तर भएको बताइन्छ । सबै पाउडर प्लान्ट सञ्चालन भएपनि किसानले उत्पादन गरेको सबै दूध खपत नहुने अवस्था आएको डेरी उद्योगका सञ्चालकहरू बताउँछन् । प्रत्येक डेरी उद्योगमा अहिले बटर र पाउडर दुध राख्न ठाउँ नभएर अन्यत्र भाडामा ठाउँ खोज्न पर्ने भएको छ। स्टक सामान धेरै भपछि उद्योगहरुले कुसानको पैसा तिर्न सकेका छैनन् । अझ यहि अवस्था रहिरहने हो भने अझ थप समस्या आउने देखिन्छ । अब आउने फागुन चैतसम्म लगभग अवस्था यस्तै रहने कुरा सरोकारवाला निकायका प्रतिनिधिहरु बताउँछन् ।

दुग्ध विकास संस्थान लगायत सबै पाउडर दूध बनाउने डेरी उद्योगले किसानबाट संकलन भएको सबै दूध बजारमा खपत नभएका कारण निरन्तर पाउडर बनाई दूध मौज्दात राखिरहेका छन् । अब यो क्रम लामो समयसम्म थेगिन सक्ने अवस्था नरहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् ।

दुग्ध विकास संस्थान (डीडीसी)को विराटनगरस्थित दुग्ध वितरण आयोजनाले यसअघि दैनिक ८ हजार लिटर दूध संकलन गर्दै आएको थियो । अहिले उत्पादन बढेसँगै दैनिक २५ हजार लिटर दूध संकलन गर्न थालेको छ । संकलितमध्ये दैनिक ६ हजार लिटर हाराहारी दूधले मात्र बजार पाइरहेको डीडीसीका आयोजना प्रमुख परमानन्द चौधरीले जानकारी दिए । संस्थानको ढल्केबर र हेटौँडा आयोजनाबाट खपत नभएको दूध पनि पाउडर बनाउन विराटनगर आइरहेको उनले बताए ।

दुग्ध वितरण आयोजना, विराटनगरसँग अहिले ४० हजार किलोग्राम धुलो (पाउडर) दूध र ७० हजार किलो नौनी (बटर) मौज्दात छ । डीडीसीले आफ्ना १० मध्ये ७ संकलन केन्द्रबाट नियमित दूध संकलन गर्दै आएको छ । पूर्व इलामको कुटीडाँडा, लक्ष्मीपुर र पुवाखोला संकलन केन्द्रबाट भने अहिले दूध संकलन बन्द गरेको आयोजना प्रमुख चौधरीले जानकारी दिए । अब बिस्तार अन्यत्र पनि संकलन गर्न नसकिने हो कि भन्ने चिन्ता सबैलाई भएको छ ।

हाल सालै शुचारु भएको पाउडर दूध उद्योग विशिष्टीकृत सहकारी संस्था धरानले हालसम्म झण्डै ५ लाख लिटर दूधको पाउडर बनाइसकेको संस्थाका व्यवस्थापक मेघराज लुइँटेलले जानकारी दिए । तर पनि किसानले उत्पादन गरेजति सबै दूध सहकारीहरूले लिन नसक्ने अवस्था देखिएको उनको भनाइ छ। दूधको उत्पादन बढेको तर बजार नबढ्दा उत्पादित दूधको खपतमा समस्या देखिन थालेको उनले गुनासो गरे । सुनसरीको तरहरास्थित कामधेनु डेरी उद्योगले गत वर्षको भदौ–असोज महिनामा दैनिक १० हजार लिटर दूध संकलन गर्दै आएकोमा यसपटक दैनिक १५ हजार लिटर गरिरहेको जनाएको छ ।

विभिन्न ४२ दूग्ध सहकारी मिलेर स्थापना भएको सगरमाथा विशिष्टीकृत सहकारी संस्थाले प्रदेश सरकारको सहयोगमा स्थापना गरेको पाउडर प्लान्ट औपचारिक रुपमा उद्घाटन भएको छैन । तर साउन १५ मा परीक्षण उत्पादन गरेको प्लान्ट त्यसयता निरन्तर सञ्चालनमा छन् । यसैगरी विराटनगरमा सञ्चालित सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले नियमित रुपमा धूलो दूध उत्पादन गरिरहेको जनाएको छ । सुर्योदय उद्योगका सञ्चालक अनुज यादवले दूधको उत्पादन बढेको र बजार केही घटेको अवस्थाले असन्तुलन देखिएको बताए । यो डेरीले विशेष गरि पुर्व क्षेत्र सिराहा, झापा, मोरङ र सुनसरीका विभिन्न डेरी उद्योगले संकलन गरेको दूध पाउडरमा परिणत गर्न सूर्योदयमा ल्याउने गरिएको छ ।

यसै गरि चितवनमा संचालनमा रहेको चितवन डेरी, पोखराको सुजल र भक्तपुरमा गत सालबाट संचालनमा आएको खरिपाटी डेरीको पनि अवस्था उस्तै रहेको कुरा सरोकारवालाहरु बताउँछन् । अब यहि अवस्था रहे किसानको भुक्तानीमा थप समस्या हुने कुरा सबैतिरबाट आएको छ । सिडिक्यानका महासचिव एवं किसानका प्रतिनिधि राम आचार्यका अनुसार अब किसानले कुनै हालतमा थेग्न नसक्ने कुरा बताउँदै उद्योगले जसरी भए पनि तुरुन्त किसानको भुक्तानी गर्नु पर्ने कुरा बताए।
उता बतारको खोजीमा बंगलादेश गएका नेपाल डेरी एसोसिएसनका प्रतिनिधि मध्ये नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार भ्रमण सकारात्मक भए पनि आजको आजै समस्या हल नहुने तर यहाँ भने तत्कालै उपाय निकाल्न नसके ठुलै समस्या आइपर्ने कुरा बताए । उनका अनुसार अन्यत्र हेर्दा हाम्रो देशम हामीले अझ धेरै कुरा बाँकी रहेको र सरकारले सहयोग गर्नु पर्ने कुरा बताए ।
हामी धेरै पछाडि रहेको र सरकारको खासै सहयोग नरहेको कुरा बताए । भ्रमण अत्यन्तै फलदायी भएको कुरा बंगलादेश नेपाल चेम्बर अफ कमर्स एण्ड इन्डिष्ट्रिजका बरिस्ठ उपाध्यक्ष नवीन थापाले बताउनु भयो ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...