back

आज ईन्द्रजात्रा मनाईंदै,काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

काठमाडौ।असाेज११,वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।हरेक वर्ष भदौशुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखालगायत ठाउँमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भदौशुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

इन्द्रजात्रामा राष्ट्रपतिबाट हनुमानढोकामा रहेको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्राको अवलोकन गर्ने परम्परा छ । जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्र जात्राका अवसरमा आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...