back

नेपाल एशिया कप क्रिकेटको समूहचरणबाटै बाहिरियाे।नेपालले सुपर फोरमा पुग्ने संभावना गुमायो ।

काठमाडौं भदौ १९। नेपाल एशिया कप क्रिकेटको समूहचरणबाटै बाहिरिएको छ। समूह ए को आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित हुँदै नेपालको सुपर फोरमा पुग्ने संभावना सकिएको हो।

१ सय ४५ रनको नयाँ लक्ष्य पछ्याएको भारतले १७ बल बाँकी छँदै भेट्टायो। भारतका लागि २० दशमलब १ ओभरको खेलमा जितका निम्ति २ रन चाहिँदा शुभमन गिलले चौका प्रहार गरेका थिए। उनको सो चौकापछि भारतले बिना कुनै विकेट १ सय ४७ रन बनाएर खेल जितेको हो।

यसअघि नेपालले दिएको २ सय ३१ रनको लक्ष्य भारतले पछ्याउने क्रममा वर्षा भएपछि खेल २ घण्टा रोकिएको थियो। वर्षाका कारण डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा छोट्याइएको खेलमा भारतले जितका निम्ती १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो।

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको भारी रन अन्तरले हारेको नेपालले भारतसँगको खेलमा निकै सुधार गर्‍यो। सोमबार भारतका लागि ओपनरद्धय कप्तान रोहित शर्मा र शुभमन गिलले उत्कृष्ट इनिङ खेले। शर्माले ५९ बलमा ६ चौका र ५ छक्का हान्दै ७४ रन जोडे। गिलले भने ६२ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६७ रन बनाए। भारतले अतिरिक्त ६ रन पाएको थियो।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...