back

टेलिमेडिसिन सेवालाई प्रभावकारि बनाउन स्वास्थ मन्त्री बस्नेतले दिए निर्देशन

काठमाडौं, ६भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा राजधानीमा आयोजना गरेको टेलिमेडिसिन (दूर चिकित्सा सेवा) सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला समापनको अवसरमा बोल्दै मन्त्री बस्नेतले अहिले सञ्चालनमा रहेको टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका हुन । नेपाल जस्तो भौगोलिक विकटता भएको देशका लागि टेलिमेडिसिन सेवा बरदान नै सावित भएको बताउदै मन्त्री बस्नेतले त्यस क्षेत्रमा अहिले देखिएका कमि कमजोरी हटाएर थप आधुनिक प्रविधिको प्रयोग गरेर टेलिमेडिसिन सेवालाई द्रुत गतिमा अगाडि बढाउनु आवश्यक रहेकोमा जोड दिए । मन्त्री बस्नेतले भने, ‘ सूचना प्रविधिको विकास नभएसम्म कुनै पनि देशले विकासमा फड्को मार्न सक्दैन । स्वास्थ्य सेवामा पनि टेलिमेडिसिनको विकास नहुन्जेलसम्म दूरदराजका जनताले सहज उपचार पाउन निकै गाह्रो छ । त्यसैले हामीले टेलिमेडिसिनमा जोड दिनै पर्छ । ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिगत ७ वर्षदेखि टेलिमेडिसिन सेवा सञ्चालन गरेर केही काम भइरहेको जानकारी गराउदै बस्नेतले दक्ष जनशक्तिको अभाव भएका ठाउँमा टेलिमेडिसिनको माध्यमबाट सेवा सञ्चालन गर्नु पर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू लागि परेको स्मरण गर्दै मन्त्री बस्नेतले स्वास्थ्यका सबै कर्मचारी र स्वास्थ्यकर्मीले इमान्दारिताका साथ काम गर्नेहो भने थोरै समयमा धेरै काम गर्न सकिने दावी गरे । सरकारले सूर्तिजन्य पदार्थमा लगाउने कर बाफतको रकम स्वास्थ्य मन्त्रालयले पाउनु पर्नेमा अर्थ मन्त्रालयले त्यसको थोरै रकम मात्र स्वास्थ्यलाई दिने गरेमा मन्त्री बस्नेतले असंतुष्टि व्यक्त गरे । उनले करको सबै रकम स्वास्थ्यले पाउनु पर्नेमा जोड दिए ।
अवको ६ महिनाभित्र स्वास्थ्यमा जनताले महसूस गर्ने गरि काम गरेर देखाउने मन्त्री बस्नेतले बताए ।
कार्यशालामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले टेलिमेडिसिनका क्षेत्रका केन्द्र र प्रदेशहरुमा केही न केही काम भइरहेको जानकारी गराउदै अब यसलाई उच्च प्राथमिकताका साथ अगाडि बडाइने बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले विज्ञहरुको सुझावका आधारमा टेलिमेडिसिन सेवालाई प्रभावकारी ढंगले अगाडि बढाइने बताए ।
स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाका निर्देशक डा. अनुप बाँस्तोलाले टेलिमेडिसिन क्षेत्रमा अहिले भइरहेका अभ्यास र सुधार गर्नु पर्ने पक्षका बिषयमा स्वास्थ्य क्षेत्रका सरोकारवाला अधिकारीहरुसँग छलफल गरेर अगाडि बढ्न दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको बताए । डा. बाँस्तोलाका अनुसार विज्ञहरुको सुझावका आधारमा टेलिमेडिसिन तथा अनलाइन स्वास्थ्य सेवा कार्यविधि २०७७ मा पनि आवश्यक परिमार्जन गरिने छ । डा. बाँस्तोलाले भने, ‘अहिलेसम्म मन्द गतिमा चलिरहेको टेलिमेडिसिन सेवा अब रफ्तारमा चल्ने छ । ’
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश संभावजी राव पाण्डवले टेलिमेडिसिन सेवा प्रभावकारी ढंगले सञ्चालन हुन सकेमा नेपालको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गरे । कार्यशालामा देशका सात वटै प्रदेशका स्वास्थ्य मन्त्रालय एवं समाजिक विकास मन्त्रालयका सचिवहरु, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकहरु, संघीय र प्रादेशिक अस्पतालहरुका प्रमुखहरु र निजी अस्पतालका प्रमुखहरु र सरोकारवाला विज्ञहरुको सहभागिता थियो । विज्ञहरुले टेलिमेडिसिन सेवाको विस्तारमा अपनाउनु पर्ने विधिहरु र कार्यविधिमा सुधार गर्नु पर्ने पक्षका बिषयमा सुझाव पेस गरेका थिए ।


बनेपा नगरपालिका
पुर्व स्वास्थ्य मन्त्री बस्नेतद्वारा चौतारा अस्पतालमा डायलाइसिस सेवा शुभारम्भ

पुर्व स्वास्थ्य मन्त्री बस्नेतद्वारा चौतारा अस्पतालमा डायलाइसिस सेवा शुभारम्भ

वि.सं.२०८१ असोज ६ आइतवार २१:०६

सिन्धुपाल्चोक, ६ असोज : पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं...

देशभर ८० जनामा हैजा सङ्क्रमण, एक जना अस्पताल भर्ना

देशभर ८० जनामा हैजा सङ्क्रमण, एक जना अस्पताल भर्ना

वि.सं.२०८१ भदौ २५ मंगलवार २०:४२

काठमाडौँ । देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ ।...

मंकीपक्स संक्रमणको उच्च जोखिममा नेपाल, रोकथामका लागि सातै प्रदेशमा तयारी सुरु

मंकीपक्स संक्रमणको उच्च जोखिममा नेपाल, रोकथामका लागि सातै प्रदेशमा तयारी सुरु

वि.सं.२०८१ भदौ ४ मंगलवार ०९:१२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल...

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ १६ बुधवार ००:३९

ललितपुर, १५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:३४

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु...

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

वि.सं.२०८१ वैशाख ३० आइतवार १८:०७

काठमाडौँ, ३० वैशाख : प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा...