back

गृहमन्त्री ज्यु केहि त गडबड छ :रबि लामिछाने

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईको बयान लिन आदेश दिएको थियो । तर, सिआईबीले उनीहरुको बयान अझै लिएको छैन । सिआईबीले अनुसन्धानको फाईल अदालतमा पेश गर्ने तयारी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई अनुसन्धानको दायरामा नल्याउनुलाई ठूलो गडबडीको संकेत भनेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालसँग बयान नै नलिई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेकोप्रति असन्तुष्टी जनाउँदै उनले गडबडीको आशंका गरेका हुन् । उनले कसैको दबाबमा नपरी अनुसन्धान पूर्ण बनाउन सीआइबीको ध्यानाकर्षणसमेत गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सीआइबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल  पेश नगरोस् । गृहमन्त्री ज्यु, केही त गडबड छ.. ठुलै गडबड छ ।’

तत्कालीन समयमा जग्गासम्बन्धी क्याविनेटबाट गरेको निर्णयका कारण डा. भट्टराई र नेपालको नाम यस प्रकरणमा मुछिएको छ । सर्वोच्च अदालतले समेत क्याविनेटको निर्णयमाथि पनि छानविन गर्न आदेश दिएको थियो ।

तर, सीआइबीले भट्टराई र नेपालसँग सामान्य बयानसमेत नलिई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेपछि पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेको यस्तो प्रतिक्रिया आएको हो ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...