back

तालाबन्दी गर्न पुगेका निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसहित ४५ जना व्यवसायी प्रहरी नियन्त्रणमा

श्रावण २८, २०८० – काठमाडौं । ललितपुर प्रहरीले विभिन्न मागहरु राख्दै तालाबन्दी गर्न खोजेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लामासहित ४५ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले निर्माण व्यवसायी महासंघका उपाध्यक्ष आङ दोर्जे लामासहित ४५ जना भन्दा बढी  निर्माण व्यवसायीलाई पक्राउ गरेको हो । उनीहरु आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका थिए ।

ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले सरकारी कार्यालयमा तालाबन्दी गर्न खोजेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको बताए।

‘सरकारी कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्न खोज्नु भयो। धर्ना बस्न पाइयो तर तालाबन्दी गर्न त पाइएन नी’, एसएसपी शाहले भने।उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ । नियन्त्रणमा लिइएकालाई छाड्न लागिएको प्रहरीले जनाएको छ।

निर्माण भुक्तानी नपाएको लगायतकाे विभिन्न माग राख्दै निर्माण व्यवसायीहरु केही दिनदेखि आन्दोलित बनेका थिए । नेपाल निर्माण व्यवसायी महासंघले घोषित तेस्रो चरणको आन्दोलन अर्न्तगत सरकारी कार्यालयमा ताला लगाई धर्ना दिन पुगेका थिए।

0

बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...