स्वास्थ्य मन्त्रालयद्धारा उपत्यकाका आठ अस्पतालको अनुगमन
काठमाडौँ,श्रावण १८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ।स्वास्थ्य मन्त्रालयले आज काठमाडौंका चार, ललितपुर र भक्तपुरका २÷२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो । मन्त्रालयका अनुसार काठमाडौँको कान्ति बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको छेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हाे।
नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीले अस्पतालहरूमा नागरिक बडापत्र लागू हुनुपर्ने बताए । उनले अस्पतालले बिरामीहरूको निःशुल्क उपचार दिनुपर्ने पनि बताए।
अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौंका फार्मेसीहरूको अनुगमन गरेको थियो ।
वि.सं.२०८० साउन १८ बिहीवार २१:४९