back

इप्पानमा नयाँ नेतृत्व निर्वाचित

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ( इप्पान)ले २१ औं बार्षिक साधारण सभाबाट नयाँ नेतृत्व निर्वाचित गरेको छ । बिहिवार भएको २१ औं साधारण साभा तथा अधिवेशनले गणेश कार्कीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति पाएको हो ।
१५ पदाधिकारी र ३ महिला सदस्य यस अघिनै निर्विरोध निर्वाचित भएका थिए भने खुल्ला ७ सदस्यमा बिहीबार निर्वाचन भएको थियो ।
अध्यक्षका दाबेदार किरण मल्ल पक्षको सबै पदाधिकारीको उम्मेदवारी अबैध भएपछि कार्की नेतृत्वको प्यानलबाट अध्यक्षको उम्मेदवार गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, उपाध्यक्षहरू आशिष गर्ग, भरत खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम लामा, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, भरत नेपाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्विरोध भएका थिए । त्यसैगरी महिला सदस्यहरुमा सुसन कर्माचार्य , सुमनकुमारी जोशी, इषा श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका हुन ।
खुल्ला सदस्य ७ जनाको लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । त्यसमा भरत पराजुलीले २१७ , कुबेरमणी नेपालले २२५,, उत्तर श्रेष्ठले २७३, टेकनाथ आचार्यले २१६,मिथुन चकरवर्ती प्रसाद पौडेलले २१७, बिजय मोहन भट्टराईले १९३ र शंकर बस्यालले २५४ मत ल्याएर निर्वाचित भएका छन भने पराजित हुनेहरुले सिताराम तिमल्सिनाले ६५, कदम केसीले ७३ , गृष्म ओझाले ३८, तारा सुब्बाले ४२, दिपक पौडेलले २६, बिकास कुमार श्रेष्ठले २१ र सकुन्द ओझाले १०८ भोट ल्याएका छन ।
इप्पानको साधारण सभाको उद्घाटन उर्जा मन्त्री शक्तिबहादुर बस्नेतले बिहीबार गरेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले व्यस्तताको कारण उपस्थित हुन नसकेको भन्दै शुभकामना सन्देश पठाएका थिए ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...