back

नेपाली कथानक चलचित्र” सानीमाया” को शुभमुर्हत सम्पन्न

काठमाडौं २२बैशाख ,८८४८ इन्टरटेनमेन्ट प्रा.लिको प्रस्तुति तथा धिमाल फिल्मस् को निर्माणमा बन्न लागेको नेपाली कथानक चलचित्र सानीमाया को शुभमुर्हत नेपाल चलचित्र विकास वोडका पुर्व अध्यक्ष राजकुमार राईले गरेका छन । शुभ मुर्हत कार्यक्रम बोल्दै राईले चलचित्र बनाउनु ठुलो कुरा नभएको तर राम्रो चलचित्र बनाउनु चुनौतीपूर्ण रहेको बताए । नेपाली चलचित्रको अवस्था नाजुक बन्दै गएको अवस्थामा सानीमाया फिल्मले चलचित्र क्षेत्रमा एक ईट्टा थप्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै फिल्मका लेखक एवम् निर्देशक देव धिमालले , फिल्ममा धेरै कलाकारहरु नयाँ अनुहार भएको र नयाँ अनुहारले पनि गर्न सक्छन् भन्ने उदाहरण यो सानीमाया चलचित्र बाट देखिने कुरामा विश्वास ब्यक्त गरे । उनले अगाडि भने ,” नयाँ बाटै पुरानो हुने हो ,यसकारण यस फिल्ममा पुराना र नयाँ कलाकारहरुको संयोजनले चलचित्र सफल हुने विश्ववास ब्यक्त गरे ।
राज चौधरी निर्माता रहेको यस चलचित्रमा रामचन्द्र अधिकारी ,शारदा गिरि ,सावित्रा चिलवाल,राजकुमार शाह ,अर्जुन थापा ,स्वयच्छा ढकाल ,प्रियंका श्रेष्ठ,अभिषेक फुयाल,कृष्णप्रसाद धिताल,आयुष सिह घ्लान,हरिचन्द्र फुयाँल,निरज काफ्ले ,भिमसेन खतिवडा ,बाल कलाकारमा साहिरा गिरी, अस्रैया कुशवाह निकिता लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको मुख्य साहयक निर्देशनमा नविन काफ्ले रहेका छन् ।छायांकन अनिल कटुवाल प्राविधिक सन्तोष पराजुली द्वन्द्व निर्देशनमा देव महर्जन रहेका छन । चलचित्रमा दिनेश सुवेदी ,शंकर अधिकारी ” घायल”गितकारको रुपमा छन भने संगित कार्शाङ लामा र राजेन्द्र वजगाँईको रहनेछ । जेष्ठको दोस्रो हप्ता बाट शुटिङ हुने निर्माण पक्षले जनाएको छ । ओ. यस. आर. डिजिटल चलचित्रको डिजिटल पार्ट्नर रहेको छ । शुभ मुर्हत कार्यक्रममा चलचित्र कलाकार सघंका अध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, ओ.एस.आर. डिजिटलका प्रोप्राइटर ॐ प्रकाश अग्रवाल,नायक सविन श्रेष्ठ, लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...