back

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

काठमाडौं – नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार काठमाडौँको बबरमहल स्थित कार्की बैंक्वीटमा सम्पन्न भएको संघको ३१ औं साधारण सभा तथा १६ औँ महाधिवेशनबाट हरि गौतमको अध्यतामा नयाँ कार्य समिति गठन भएको हो।
नव गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण अधिकारी, प्रथम उपाध्यक्षमा गिरीराज पोखरेल, द्धितिय उपाध्यक्षमा श्याम रुङ्टा, काठमाडौं उपाध्यक्षमा विपिन शर्मा, महिला उपाध्यक्षमा पार्वती भट्ट पौडेल र इन्दिरा लामिछाने पौडेल चयन भएका छन् । महासचिवमा दिपक सापकोटा, कोषाध्यक्षमा चिफ बहादुर थापा तथा उपमहासचिवमा निरञ्जन सेढाई र दामोदर पन्त रहनुभएको छ ।
यसैगरी सातै प्रदेश उपाध्यक्षको रुपमा मधेश प्रदेशबाट गोपी चन्द्र अग्रवाल, बाग्मती प्रदेशबाट दुर्गा बहादुर गौतम, सदूरपश्चिम प्रदेशबाट कोमल सुन्दर श्रेष्ठ, कर्णाली प्रदेशबाट सोमित थापा, गण्डकी प्रदेशबाट जयकृष्ण शर्मा, लुम्बिनि प्रदेशबाट कुमार थापा र प्रदेश नं. १ बाट तेज प्रसाद आचार्य चयन भएका छन् ।

यस्तै सचिवमा सुरेन्द्र पौडेल, पवन कुमार अग्रवाल, हरिराम डाँगी, दिपक प्रसाद सापकोटा, ज्योती कुमार श्रेष्ठ, ठाकुर नाथ आचार्य, देवराज कार्की सर्वसम्मन चयन भएका छन् भने महिला सचिवमा लक्ष्मी कुमारी बराल र बिमला कुवर केशी चयन भएका छन् ।

आफू निर्वाचित भए संगै गौतमले व्यवसायीहरुका आवाज उठाउने गरी नेतृत्व गर्ने बताउनु भयो । राष्ट्रले व्यापारीलाई हेर्न दृष्टिकोणमा परिवर्तन गर्ने, नाकाहरुमा व्यापारीहरुलाई सहज आवतजावतमा जाने वातावरण मिलाउने, ३० किलोमिटर क्षेत्र भित्र मात्रै जानपाउने व्यवस्थाको अन्त्य गर्ने, जथाभावी लिने करको अन्त्य गर्ने लगायतका विषयमा आफुले सरोकार पक्षसँग ब्यवसायीका मागहरु सम्बोधन गर्न लागि पर्ने बताउनुभयो।

नाकाबन्दी, भूकम्प र कोभिडको समयको स्मरण गर्दै उहाँले रोकिएका समानहरु काठमाडौं ल्याउन विशेष पहल भूमिका खेलेको स्मरण गराउनु भयो। फुटपाथमा धेरै समान खपत हुने भन्दै सरकारले फुटपाथ हटाउनुभन्दा व्यवस्थापन गर्नु उचित हुने र लगानीकर्ता र श्रमिकबीच समान व्यवहार हुनुपर्ने समेत अध्यक्ष गौतमको भनाई थियो।

को हुन हरि गाैतम ?
काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं. ५ मा बुवा पहल बहादुर र आमा नन्द माया गौतमको कोखबाट विक्रम संवत २०२८ सालमा जन्मिएका गौतमले एसएलसी प्रभा माध्यमिक विद्यालय कात्तिके देउरालीबाट गर्नुभयो । उच्च शिक्षा महेन्द्ररत्न क्याम्पस ताहाचलबाट बि एड गर्नुभएका गौतमले सिन्धुपाल्चोक हेलम्बुमा शिक्षण गर्नुभएका थियो।गौतमले २०४६ सालदेखि २०४९ सालसम्म काटेश्वरमा विद्यालय व्यवस्थापन समितिमा समेत काम गरेका थिए । थुप्रै सामाजिक संस्थामा समेत काम गरेका गौतम काठमाडौ कोटेश्वर सह युवाक्लबमा १० बर्ष अध्यक्ष समेत रहनुभएको छ । २७ बर्ष देखि संघमा रहनुभएका गौतम साधारण सदस्य, सल्लाहकार हुदैँ महासचिव धेरै समय रहनुभयो ।

विक्रम संवत २०५५ सालदेखि नेपाल व्यापार संघको साधारण सदस्य हुनुभएका गौतम २०६० सालमा सल्लाहकार, २०६२ सालमा सचिव र २०६४ सालपछि २०७३ सालसम्म संघको महासचिव र २०७३ सालदेखि निरन्तर उपाध्यक्ष रहनुभएको थियो ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...