back

त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

सिन्धुपाल्चोक ।त्रिपुरासुन्दरि गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेकाे जनलहर उर्लिएकाे छ। बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा त्रिपुरासुन्दरि गाउँपालिकामा नेकपा एमालेकाे पक्षमा वडाव्यापि रुपमा जनलहर फैलिएको छ। नेकपा एमाले त्रिपुरासुन्दरि गाउँपालिकाले अध्यक्ष उम्मेदवारमा अाफनाे जीवन काल राजनितिमा व्यतित गरेका सरल, इमान्दार, कर्तव्यनिष्ठ व्यक्तिकाे रुपमा चिनिदै अाएका समाजसेवि मेघनाथ पाैडेललाई अघि बढाए पश्चात अन्य राजनितिक दलका कार्यकर्ता समेत एमाले प्रवेश गरिरहेका छन्।
चुनावि घरदैलो कार्यक्रमकाे अवसरमा त्रिपुराका सयाैँ नेपाली काङ्ग्रेस र नेकपा माअाेवादिका कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन्। अाज सम्पन्न चुनावि प्रचार प्रसार कार्यक्रममा समेत नेपाली काङ्ग्रेसका युवाहरु एमाले प्रवेश गरेका छन्।
त्रिपुराकाे ६ वटा वडाका शिक्षा, स्वास्थ्य, सडक, खानेपानि, कृषि लगायत विकासका हरेक क्षेत्रमा नेकपा एमालेकाे पहलमा सफल भएको भन्दै सिङ्गो युवा शक्ति एमालेमा समाहित भएका छ त्रिपुरासुन्दरि गाउँपालिकाका ६ वटै वडाका जनताकाे जिवनस्तर सहज र सुविधायुक्त बनाउनकाे लागि घाेषणाापत्रमा नै अाफनाे प्रतिबद्दताहरु जाहेर गरेकाे नेकपा एमाले त्रिपुरासुन्दरि गाउँपालिका अध्यक्षका उम्मेदवार मेघनाथ पाैडेल बताउँछन्। उनी भन्छन्,”हामी जनताकाे समस्या समाधानमा संगै छाै, यस ठाउँका जनताकाे अावश्यकता, चाहना र मनाेभावना बुझेकै कारण यहाँका सिङ्गो जनता एमालेकाे सुर्य ध्वजाबाहक चिन्हमा मतदान गर्नमा अातुर रहेका छन्” । हामि बृद्धअबश्थाका जेष्ठ नागरिकको सारथि हाै, पारदर्शितामा हामी अटल छाै अध्यक्ष उम्मेदवार पाैडेलले भने। त्रिपुरासुन्दरि गाउँपालिकामा नेकपा एमालेकाे जित सुनिश्चित भइसकेको एमालेका नेता सुकदेव रिसाल बताउछन्। उनी भन्छन्,” हामिले यश पालिका जित्ने अाधार धेरै छन्, हामि जितकाे सङ्घारमा छाै”।
यस अघि नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका रेशम बहादुर श्रेष्ठ , नारायण कुमार श्रेष्ठ लगायतका ब्यक्तिहरु नेपाली काङ्ग्रेसमा व्यक्तिवादि हावि हुने भएको भन्दै नेकपा एमाले मात्र जनताको पार्टी भएको बताउदै सामुहिक भावनामा विश्वास राख्ने पाटि एमालेबाट नै समृद्ध त्रिपुरा सम्भव भएकोले जीवन भर एमाले मै सक्रिय भएर रहने प्रण समेत गरेका छन।
नेकपा एमालेकाे चुनावि सभा कार्यक्रममा एमाले नेता माननीय अरूण नेपाल र अमृत कुमार बोहराले त्रिपुरासुन्दरीको बिकासको लागि आफूहरु सधैं त्रिपुराका जनताकाे साथमा रहने बताए ।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...