एमालेले जारी गर्यो अहिलेसम्मकै उत्कृष्ट घोषणा पत्र एमालेका जनप्रतिनिधि शासक होइन जनताका सेवक हुने
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसको असर पारेर वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा आगामी दिनमा एमाले कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दए ।
देशभरका सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताए ।
घोषणापत्रमा अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको रुपमा संसद विघटन गरेको निर्णयलाई सही निर्णय गरिएको ठहर गरिएको छ।
घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ ।
एमाले सत्तामा रहदा पूरा गर्न बाँकी रहेको कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू घोषण पत्रमार्फत अघि सारेको छ ।
वि.सं.२०७९ वैशाख ९ शुक्रवार १५:४९