समाचार

यातायात व्यवसायीहरुले पनि सार्वजनिक सवारीको भाडा बढाउने


२० फाल्गुन २०७८, शुक्रबार, ,


काठमाडौं । पेट्रोलियम पदार्थमा भारी मूल्य बृद्धि भएका कारण यातायात व्यवसायीहरुले पनि सार्वजनिक सवारीको भाडा बढाउने बताएका छन्। पेट्रोलियम पदार्थमा अत्याधिक मूल्य बृद्धि भएका कारण यात्रु बोकेर खर्च थेग्न नसक्ने अवस्थामा पुगेकाले भाडा बढाउने तयारी गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मूल्य बढामुल्यको थियो।मूल्य वृद्धि संगै पेट्रोल प्रती लिटर १५० र डिजेल र मट्टीतेल १३३ रुपैयाँ पुगेको छ।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको हो।

पटक पटक डिलेज र पेट्रोलमा प्रतिलिटर अधिक मूल्य बढेको प्रति ध्यानाकर्षण भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। बढाइएको मूल्य तत्काल फिर्ता लिनसमेत महासंघले आग्रह गरेको छ। बढाइएको मूल्य नघटाउने हो भने हाल बृद्धि गरिएको मूल्यको आधारमा महासंघले भाडा समायोजना गर्न बाध्य हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार, ,