सुधिर स्मृती पत्रकारिता कोष स्थापना
चौतारा । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको अवसरमा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य एवं समाजसेवी टपिन्द्र तिमिल्सिनाले रु१ लाख १ हजारको कोष स्थापना गर्नुभएको छ। आफ्ना स्वर्गीय छोरा सुधिर तिमिल्सिनाको स्मृतीमा सिन्धुपाल्चोकका क्रियाशिलत पत्रकारहरुको वृत्ति विकासका लागि उक्त राशीको पत्रकारिता कोषको स्थापनाका लागि सहयोग गर्नुभएको हो ।
उक्त सहयोग रकम मध्ये ५० हजार प्रेस चौतारी र ५० हजार नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले अक्षयकोष बनाएर हरेक वर्ष क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गर्ने गरि पुरस्कार कोषको स्थापना गरिएको छ ।
त्यस्तै सिन्धुपाल्चोकका स्वर्गीय पत्रकार नानीराम नेपालको स्मृतिमा समेत पत्रकारिता पुरस्कार कोषको स्थापना गरिएको छ । उक्त कोषमा ५० हजार रुपियाँको हुनेछ । उक्त पुरस्कार कोषमा पत्रकार पुर्णप्रसाद श्रेष्ठले १० हजार र पत्रकार शर्मीला ठकुरीले आफुले पाएको पुरस्कारको रकम ५ हजार सोही कोषमा प्रदान गरेका छन् । क्रियाशिल पत्रकार नेपालको केही महिना अघिमात्र हृदय घातका कारण निधन भएको थियो।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १०:२८