आज बालुवाटारमा बैठक,के होला गठबन्धनको भविष्य?
फागुन५,काठमाडौं।अमेरिकीसहयोग परियोजना (एमसीसी) का बिषयमा सत्ता गठबन्धन दलहरुबीच आज निर्णायक बार्ता हुने भएको छ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबुल गर्न नपाएका प्रधानमन्त्री शेरबहादुरं देउवाले बिहिवार अपरान्ह ३ बजे सत्तारुढ घटक दलको बैठक बोलाएका हुन ।
सरकारमा हाल पांचदल सहभागी रहेपनि ३ दल एमसीसीको बिरोधमा र एउटा दल मौन छन्।सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमात्र अहिले खुलेरै एमसीसीको पक्षमा देखिएको छ।प्रधानमन्त्री देउवा जतिसक्दो छिटो एमसीसी संसदबाट सो सम्झौता पारित गर्न हतारिएका छन्।यद्यपि सत्तारूढ घटकभित्र मतैक्यता नहुंदा उनले एक्लै एमसीसीलाई संसदमा टेबुल गर्न सकेका छैनन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए । यही बैठकले सत्तागठबन्धनको भविस्य निर्धारण गर्ने कांग्रेस निकटस्थहरुको बुझाइ छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको थियो ।
माओवादीले यथास्थितिमा एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने चेतावनी दिएको छ । माओवादीको चेतावनीपछि देउवा ब्याक हुँदै थप छलफलमा जुटेका हुन् ।
उसो त नेकपा एकीकृत समाजवादी पनि एमसीसीको पक्षमा छैन भने गठबन्धनकै दल राष्ट्रिय जनमोर्चा यसअघि नै एमसीसीको विपक्षमा आन्दोलित भइसकेको छ भने जसपापनि एमसीसीबारे विभाजित छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार ०८:२९