मधेस प्रदेशमा मौलिक लोकबाजा प्रशिक्षण
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । १० दिने तालिममा मधेस प्रदेशका आठै जिल्लाका गरि २० जना सहभागी रहेका प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताउनु भयो ।
चेतना सन्देश नेपालको स्थानीय व्यावस्थापन मा हरिवन-५ स्थित द्वन्द्व पीडित बाल गृहमा प्रशिक्षण भैइरहेको छ । प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती एबं बेची लुङेलीले ढोलक र मादल बजाएर तालिमको उदघाटन गर्नु भएको थियो । उदघाटन समारोहमा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले
कार्यक्रममा यश प्रकारको मधेसको पहिचान ढोलकसगै मादलको सम्योजन गरि प्रशिक्षण कार्यक्रमलाई सहकार्य गर्न पाएकोमा आयोजक सस्था प्रति हार्दिक आभार दिनु भयो ।
प्रदेश सदस्य माननियद्दोयबाट यश किसिमको प्रशिक्षण मधेस प्रदेशमा संचालन गर्नुभएकोमा प्रतिष्ठानलाई धन्यवाद दिनुका साथै आवस्यक सहयोग गर्ने वचन दिनु भयो ।
सास्कृतिक सस्थानका पुर्ब माहाप्रबन्धक राजेश थापाले प्रत्यक बिधालयमा संगीत शिक्षकको दरबन्दी राख्न सुझाव दिनुभयो ।
नेपाली मौलिक संगीत बिश्व स्तरीय बनाउन निरन्तरुपमा सैद्धान्तिक र व्याबहारिक पक्षबाट दक्ष बाध्यबादक प्रसस्तरुपमा उत्पादन गर्नु पर्छ।त्यसको लागि निरन्तर गाउँ स्तरसम्म संगीत प्रशिक्षण गराउन जरुरी भएको प्रतिष्ठानका संगीत बिभाग प्रमुख प्राज्ञ अशोक राईले भन्नू भयो ।
सामाजिक ब्यक्तित्व चूडामणि वाग्ले, कलाकर्मी तेज नारायण आले चन्द्रलाल केप्छाकी लगायतले मन्तव्य राख्नु भएको थियोे ।
प्रशिक्षण माध २५ बाट फागुन ५सम्म बरिस्ठ ताल बाध्य बाधक भरत बुडाथोकीले प्रशिक्षण दिनु हुने छ।
वि.सं.२०७८ माघ २६ बुधवार २०:४३