नेकपा एमाले सिन्धुपाल्चोक नवौँ जिल्ला अधिवेशनले एकताको सन्देश दिन सक्नु पर्छ – चिरन तामाङ वागमती प्रदेश कमिटि सदस्य
सिन्धुपाल्चोक । नेकपा एमाले वागमती कमिटि सदस्य चिरन तामाङले नवौ जिल्ला अधिवेशने पार्टी एकताको सन्देश दिनु पर्ने बताएका छन् । उर्जाशिल डट कमसँग भएको संक्षिप्त कुराकानीमा लामाले यस्तो बताएका हुन । नेकपा माओवादी परित्याग गरी नेकपा एमालेको राजनितिक मुलधारमा समाहित हुनु भएका युवा नेता तामाङ नेकपा एमाले वागमती प्रदेश कमिटि सदस्य समेत हुन् । नेकपा एमालेको नवौँ जिल्ला आधिवेशनमा उपसचिव पदका दावेदार चिरन तामाङ पछिल्लो समय नेकपा एमालेमा सक्रिय रुपमा क्रियाशिल छन् । नेकपा एमालेको विभाजन पश्चात् सिन्धुपाल्चोक एमालेमा विभाजनको असर नदेखियोस भन्नका निम्ति पनि नवौँ जिल्ला अधिवेशनले जिल्ला नेतृत्वलाई मिलाएर लैजान सक्नुपर्ने तामाङको धारणा छ ।
अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा समाहित भएका जिम्मेवार नेताहरुलाई पार्टीमा उपयुक्त स्थान दिएर नेकपा एमालेलाई बलियो संगठनको रुपमा अगाडि लैजान सक्नु पर्ने युवा नेता तामाङले बताएका छन् । नवौ जिल्ला अिधवेशन उद्घाटनको हप्ता बित्नै लाग्दा समेत जिल्ला नेतृत्व चयन हुन नसक्नुलाई आम नेता तथा कार्यकर्ताले शंकाको दृष्टिले हेर्ने भएकाले नेतृतवले सबैलाई मिलाएर एकतावद्ध एमालेको सन्देश दिनुपर्ने तामाङको भनाई छ । भलै जिल्ला नेतृत्वको प्रमुख पदहरुमा धेरै नेताहरु आकांक्षी भएका कारण नेतृत्व चयनमा ढिलाई भएको देखिन्छ ।
चिरन तामाङ (हिमाल) को संक्षिप्त राजनतिक जीवनी ः
चिरन तामाङ २०५६ सालमा नेकपा एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटिमा आवद्ध हुँदै २०५८ सालमा माओवादी निकट अखिल (क्रान्तिकारी) मा इकाई कमिटिमा आवद्ध हुनुहुन्थ्यो । देशमा माओवादी युद्ध चर्किए सँगै २०६० सालमा नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता भएर काम गर्नुभयो । माओवादी संगठनमै रहेर काम गर्दै गर्दा २०६१ मा आखिल (क्रान्तिकारी) जिल्ला सचिवालय संयोजकको भूमिका निर्वाह गरेका तामाङ २०६२ मा उपत्यकामा सरुवा भई २०६२÷०६३ को जनआन्दोलमा सक्रिया सहभागिता भूमिका निर्वाह गरेका थिए । २०६३ मा अखिल क्रान्तिकारी) को काठमाडौं जिल्ला सचिवको नेतृत्व गरेका तामाङ २०६४ का अखिल (क्रान्तिकारी) को काठमाडौंकोे जिल्ला उपाध्यक्षको नेतृत्व समालेका नेता हुन । २०६६ मा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला अध्यक्ष समेत रहेका तामाङ २०६९ मा अखिल क्रान्तिकार) को केन्द्रिय सचिवलय तथा ताम्सालिङ संयोजकको जिम्मेवारमिा काम गरेका थिए । २०६९ मै वैद्य निकट नेकपा माओवादीको क्षेत्रिय इन्चार्जको जिम्मेवारी सम्हालेका तमाङ २०७१ मा विप्लब निकट नेकपा माओवादीको जिल्ला सेक्रेटरी हुँदै २०७४ मा जिल्ला इन्चार्जको जिम्मेवारी समेत सम्हालेका थिए । पछिल्लो समय नेकपा एमालेको राजनितिक मुलधारमा प्रवेश गरेसँगै नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ केन्द्रिय सचिवको जिम्मेवारीमा हुनुहुन्छ । हाल नेकपा एमाले वागमती प्रदेश कमिटि सदस्य रहनु भएका तमाङले नेकपा एमाले सिन्धुपाल्चोकको नवौँ जिल्ला अधिवेशनको जिल्ला नेतृत्वमा उप- सचिवमा उम्मेदवारी दिनुभएको छ ।
औपचारीक शिक्षा विए स्नातक सम्मको अध्ययन गरेका तामाङ सामाजिक क्षेत्रमा मेलम्ची खानेपानी सामाजिक उत्थान कार्यक्रम संचालन समितिको उपाध्यक्ष रहेर काम गरेको अनुभव छ भने मेलाम्ची खानेपानी काठमाडौं पथान्तरणमा समन्वय र सहकार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
वि.सं.२०७८ पुस ३० शुक्रवार ०९:१३