back

नेपाली मौलिक बाजा प्रशिक्षण सम्पन्न

पाँचथर २९ मंसिर । बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको छ । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्त कुमार नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरती तुम्बापो, एवं प्राज्ञ सभासदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका कुन्ती मोक्तान लागायत धेरै विशिष्ट ब्यक्तित्वहरुले हरेक दिनको अवलोकन अनुगमनको क्रममा यस्तो राम्रो प्रशिक्षणमा आफू सहभागी हुन नपाएकोमा दुख लागेको बताउनु भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ष्ठनको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाचथरको ब्यबस्थापनमा प्रदेश स्तरिय लोक बाजा प्रशिक्षण कार्यक्रम अन्तर्गतको कार्यक्रम सदरमुकाम फिदिम स्थित बरदान संगीतालयमा लिम्बू जातिको अत्यन्तै पुरानो मौलिक बाजा के च्याब्रुङको आधुनिक र सांगीतिक सिस्टम भित्र रहेर गरिएको प्रशिक्षण सम्पन्न भएको हो ।
ताप्लेजुङ, पाचथर, तेह्रथुुम लगायतका अत्यन्तै उत्साहित २२ जना पशिक्षार्थीहरु रहेको उक्त प्रशिक्षण कार्यक्रम मंसिर १२ गते देखि हरेक दिन दुई सिफ्ट गरेर ७ घण्टाको दरले मंसिर २६ मा समापन भएको थियोे । ‘मैले कैयौ वर्ष के च्याब्रुङ नाचे तर त्यो परम्परागत बादन र त्यस्तै नाचमामात्र सिमित रहेछ, यो प्रशिक्षणले पुरै आँखा खोली दियो आधुनिक र ब्यबस्थित रुपले बजाउन नाच्न सिक्न पाउँदा सुरु सुरुमा त मै हराएँ तर प्रशिक्षणको केही दिन देखिमात्र प्रष्ट बुझियो कि हामिले नाचेको बजाएको त पुरै अब्यबस्थित र अबैज्ञानिक रहेछ’ सहभागि ताप्लेजुङका केबि किरातिले बताए । यसरी नै ूहामिले च्याब्रुङ नाच्नु बजाउनु मात्र होइन यसको उत्पती, यसको महत्व देखि बनाउने तरिका समेत जानियो भने मात्र पारङ्गत र सांगीतिक मुलधारमा ल्याउन सकिने रहेछू तेरथुमकी सहभागी समीक्षा थेगुवाले बताइन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका प्राज्ञ तथा संगीत बिभाग प्रमुख अशोक राईुको प्रत्यक्ष निगरानिमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख प्रशिक्षक यासेली योङहाङ र प्रशिक्षकमा वरदान संगीतालयका प्रमुख बुध्द लिम्बु इङ्वा रहेका थिए ।
कार्यक्रममा घटिका थेबे, समिक्षा लिम्बु, जुनु तुम्बापो, सुम्जिरी तुम्बापो, देबुबहादुर सावा, प्रभा मेयोङवा, उदय नेम्वाङ, केबि किराँती, कर्म चन्द्र नेम्बाङ, मन्दिरा मेयोङ्वा, महेश सेलिङ, मिराक हाङ लिम्बू, महेन्द्र कुमार तुम्बापो, चन्द्र प्रकाश तुम्बापो, सेसेमा सुहाङ, तारा लिङ्देन, सम्झना योङहाङ, सुखराज लिम्बू, ज्योति बेघा, सुरेन्द्र सुहाङ, बिरेन्द्र लिम्बू माबो, लाजोहाङ लिम्बूले प्रशिक्षण लिनु भएको थियो ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...