back

समाजवाद र दशाैँ महाधिवेशन

अनिता श्रेष्ठ

अहिले नेपाली राजनितिमा धेरै प्रचलन र जिब्रो जिब्रोमा भुण्डिएको शब्द हो समाजवाद, तर यो कसरी सम्भब छ, त्यो भने बुझन जरुरी छ । नेपालका राजनिति दलहरुले यसलाई आ आफ्नो तरीकाले व्याख्या गरेका छन् । पूँजिवादी जनवादी क्रान्ति पुरा भईसकेपछि बिचारको हिसावले अब सामाजिक आर्थिक र राजनीतिकको ठोस कार्यक्रम सहितको एमाले बन्न जरुरी छ । एमालेले राजनीतिक परिवर्तनको नेतृत्व गर्दै मुलुकलाई आजको अवस्थामा ल्याएको छ । अब अहिलेको अवस्थाबाट अझै समृद्ध नेपाल र सुखी नेपालीको अबधारणालाई स्थापित गर्दै आमूल परिवर्तनको बाटोमा अगाडि बढनै पर्दछ ।

सबैको साझा पार्टीका रुपमा, सबैले आफ्नो प्रतिनिधित्व भएको महसुस गर्ने गरी, सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, उमेर समुह, अल्पसंख्याक लगायतले आफ्नो पार्टी एमाले भएको महसुस गर्नेगरी यसपटकको महाधिवेशन सकिएको छ । यसकारण एमालेले यस महाधिवेशनलाई एकताको महाधिवेशन भनेका छन् । हाम्रो समाजमा विकास भएको पुँजीवाद प्रारम्भिक चरित्रको छ । त्यसको विकासको प्रक्रियामा समाजवादी उत्पादन सम्बन्धको बीजारोपणसमेत भइसकेको छ । किनकि, नेपालको राजनीतिक क्रान्तिमा सुरुदेखि नै वामपन्थी शक्तिहरूको भूमिका महत्वपूर्ण रहेका कारण परिवर्तनपछिको संवैधानिक र राजनीतिक प्रबन्धहरूमा त्यसका प्रभावहरू रहने गरेका छन् ।

नयाँ संविधानअन्तर्गत नयाँ कानुनको निर्माणबाट त्यस दिशामा कयौं महत्वपूर्ण काम भएका छन् । जनता आवास कार्यक्रमले तिव्रता पाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अघि वढाइएको छ । सामाजिक सुरक्षा कार्यक्रमको दायरा फराकिलो वनाइएको छ । प्रधानमन्त्री रोजागार जस्ता कार्यक्रमअन्तर्गत सय दिनको रोजगारी निश्चित गरियो । ‘कोही भोकले मर्दैन’ भन्ने नीतिलाई आत्मसात् गरियो । सडक मानवको व्यवस्थापन सुरु भयो । तर, संविधानले जति मौलिक अधिकारको प्रत्याभूति गरेको छ, त्यसलाई सामाजिक आवश्यकताअनुरूप सुनिश्चित गर्न सक्ने राज्यको सामथ्र्य अझै बनिसकेको छैन ।

हाम्रो मुलुकमा समाजवादको आधार तयार गर्नेगरी आर्थिक सामाजिक विकासको बाटो तय गर्ने सन्दर्भमा आम जनताको सहभागितामा अर्थतन्त्रको विकासमा जोड दिनुपर्छ । पुँजी बजारमा आम जनताको सहभागिता वृद्धिका लागि पब्लिक कम्पनीहरूको स्थापनामा जोड दिनुपर्छ । पछिल्लो समयमा प्रविधिमा भएको विकासले वित्तीय व्यवस्था र सूचना प्रविधि माथिको एकाधिकारले सामाजिक असमानताको खाडल अझ गहिरो बन्न पुगेको छ । उत्पादन प्रणालीमा हुने प्रत्यक्ष मानवीय शोषणको स्वरूपमा भने पछिल्लो समयमा परिवर्तन आएको छ । जय समाजवाद ।

( लेखक प्रेस चौतारी नेपाल काठमाण्डौ शाखाको कार्यसमिति सदस्य हुन् )


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...