सरेश नेपालले गरे एमाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा
काठमाडौं । नेकपा (एमाले)का नेता सरेश नेपालले पार्टीको आगामी १०औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
महाधिवेशन यही मंसिर १० देखि १२ गतेस्म्म चितवनमा हुँदैछ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय समिति निर्वाचित गर्दैछ ।
पिस्कर हत्या काण्डका एउटा योद्धा समेत रहेका नेता नेपाल जनताको मन जित्दै एमालेबाट सिन्धुपाल्चोकमा तत्कालीन गाविस अध्यक्ष समेत भए । त्यसपछि जिबिस उपसभापति पनि बने ।
पार्टीभित्र जिल्ला पार्टीको सभापति हुँदै मुलुकमा संघीय व्यवस्था शुरु भएपछि वाग्मती प्रदेशको प्रदेश सभा सदस्य निर्वाचित भए ।
यसैगरी नेपाल बाग्मती प्रदेशमा बन, उद्योग, पर्यटन मन्त्री समेत भइसकेका छन् । उनी जनताको सेवामा निरन्तर लाग्ने र जनताको पीरमर्का राम्ररी बुझ्न सक्ने नेताका रुपमा स्थापित छन् ।
महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित गराउनुपर्ने मत जिल्ला र पार्टीभित्र निकै बलियो बन्दै गएको छ । उनलाई जिताउन जिल्लाभित्र हरेक गाउँटोलबाट मतदाताहरु खुलेर लागिरहेका छन् । जितलाई सुनिश्चित गर्न चौतर्फी सहयोग भइरहेको नेतानेपाल बताउँछन् ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १०:४९