back

परमादेश जारी गर्ने पाँचै जनाले राजीनामा दिनुपर्छ: अध्यक्ष ओली

काठमाडौं कार्तिक ९ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट परमादेश जारी गरेर सरकार बनाउन सहयोग पुर्याउने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्।
पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाँच जना श्रीमानले परामादेश दिएकाले प्रधानन्यायाधीशको मात्र राजीनामा मागेर नपुग्ने बताएका हुन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए। उनले न्याय प्रणाली स्वच्छ, निष्पक्ष हुनुपर्ने स्पष्ट पारे। ओलीले राज्यका सबै अंग प्रभावकारी हुनुपर्नेमा जोड दिए। एमालेले पहिले नै अदालतको फैसला गलत भएको बताएपनि अहिले आएर न्यायाधीश आफैले फैसला दुषित रहेछ भन्न थालेको बताए।

सभामुख अग्नी सापकोटाले एमालेमाथि षड्यन्त्र गरेको आरोप लगाउदै उनले अहिलेको सरकारलाई पञ्चरंगीको संज्ञा दिएका छन्। उनले पाकिस्तानी शैलीमा परादेशबाट सरकार गठन भएको समेत बताए।

देशको प्रमुख पार्टी रहेकाले राष्ट्र निर्माणको अभिभारा एमालेको काँधमा रहेको बताउदै ओलीले जनतालाई सचेत गराउने काम वडा र स्थानीय तहका कमिटी रहेको धारणा राखे।
एमालेले एकै चोटी ६ हजार बढी वडाको अधिवेशन सम्पन्न गरेको बताए।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

वि.सं.२०८१ मंसिर १८ मंगलवार ०८:३५

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र...