नेपाल रेडक्रस साेसाइटि दुवाकाेट उपशाखा र असल छिमेकी आवास समाज द्वारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं ६ कात्तिक, नेपाल रेडक्रस साेसाइटि दुवाकाेट उपशाखा र असल छिमेकी समाजले आज फेरि टाेल टाेल वडा वडामा रक्तदान कार्यक्रम आयाेजना गरेकाे हाे। धेरै पटक वडा वडामा साे कार्यक्रमकाे आयाेजना गरि जीवन रक्षाका लागि रगत संकलन गरिएको कुरा वडा अध्यक्ष शिवहरि के.सि र वडा सदस्य एवं दुवाकाेट रेडक्रस उपशाखा सदस्य समेत रहेका साेम प्रधानले बताए (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा रक्तदान जिवनदान भन्ने आदर्श वाक्यलाई मनन गर्दै चाँगुनारायण नगरपालिका– २ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना भाइरस (कोभिड-१९ )को महामारीमा रगतको अभाव हुन सक्ने कुरालाई मध्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष शिबहरी केसीले बताउनु भयो ।चाँगुनारायण नगरपालिका– २ को असल छिमेकी आवास टोलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५जनाले रक्तदान गरेका थिए ।
जनप्रतिनिहरु, क्लब, स्थानीय बासिन्दा तथा स्थानीय प्रहरीको कार्यक्रममा सहभागिता रहेको समाजसेवी शिव नेपालले बताए ।नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाको अभियान अन्तर्गत टोल टोलमा रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत सकलन भयो उक्त कार्यक्रममा नेपाल रेडक्रस दुवाकोट उपशाखाका सदस्य समेत रहनु भएका योगेन्द्र थापाले जनाएका छन।
दैनिक जसो सो कार्यक्रम गरि कोभिड-१९को महामारीमा रगतको अभाब भएर छट्पटाएका बिरामी मार्फत रगत तुरुन्तै उपलब्ध गराउने पनि सोहि कार्यक्रममा उनले बताए ।
वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:३१