टोकियो ओलम्पिकमा १९ स्वर्णसहित चीन शीर्षस्थानमा
जापानमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम राखेको छ ।
ओलम्पिकको सातौं दिनको खेल सकिँदा पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनको खातामा १९ स्वर्णसहित कुल ४० पदक रहेका छन् । दोस्रो स्थानको जापानले १७ स्वर्ण पदकसहित कुल २८ पदक जितेको छ ।
यस्तै तेस्रो स्थानको अमेरिकाले १४ स्वर्णसहित कुल ४१ पदक जितेको छ । रसियन ओलम्पिक टिम १० स्वर्णसहित कुल ३४ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ९ स्वर्णसहित कुल २२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
वि.सं.२०७८ साउन १६ शनिवार १६:१४