back

अक्सिजन कन्सेटेसर र अक्सिजन सिलिन्डर सहित नेता नेपाल गाउँ गाउँमा

वागमती प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य अरुण नेपालको नेतृत्वमा

सिन्धुपाल्चोक । वागमती प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य अरुण नेपालको नेतृत्वमा जिल्लाका अस्पताल, स्वास्थ्यचौकी र पालिकाहरुमा स्वास्थ्य सामाग्री बितरण गरिएको छ।
जिल्लाका ब्यवसायी एवं पार्टीका नेता टपेन्द्र तिमल्सिना, लिसखु गाउँपालिका अध्यक्ष कमल नेपाल,नेकपा एमाले सुनकाेशि गाउँपालिका अध्यक्ष प्रेमलाल लामा हरुको सहकार्यमा जिल्लाको सुनकोसी गाउँपालिका वडा न. २, वडा न. ७ लामोसाघु, सदाबहार अस्पताल खाडीचौरमा स्वास्थ्य सामाग्री बितरण गरिएको हो। यस्तै जिल्लाको बाह्रबिसे नगर पालिकाको वडा न. १,२,३,५ र ७ मा पनि स्वास्थ्य सामाग्री बितरण गरिएको प्रदेश सभा सदस्य नेपालले बताउनु भयो। जलबिरे, खाडीचौर र बाह्रबिसे अस्पतालमा अक्सिजन उत्पादन गर्ने कन्सेटेसर,अक्सिजन सिलिन्डर लगाएत अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको थियो। पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर गाउँ -गाउँ सम्म पुगेपछी स्थानिय जनताहरुलाई संक्रमणबाट जोगाउन र संक्रमितहरुलाई सहज उपचारको ब्यवस्थापन गर्न स्थानीय अस्पताल र स्वास्थ्य चौकीहरुमा औषधि, अक्सिजन र स्वास्थ्य सामाग्री आफै लिएर नेता नेपाल गाउँ गाउँ पुग्न थाल्नु भएको हो। कोरोना महामारीका बीच जनताको स्वास्थ्यको बारेमा चासो राख्दै नेता नेपाल लगाएत जिल्लाका ब्यवसायी र स्थानीय नेताहरु स्थानीय जनताहरुको घर घरमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन थालेपछि स्थानीय जनताहरुले खुशी व्यक्त गरेका छन। स्वास्थ कर्मिको हौसला बढाउन र संक्रमीत स्थानीय जनताहरुको स्वास्थ्य अवस्थाको जानकारी लिन जिल्लाका पालिका, अस्पताल र स्वास्थ्य चौकीको अवस्था बुझ्न साथै अतिआवश्यक स्वास्थ्य सामाग्रीको जोहो र ब्यवस्थापन गर्न आफू लागि परिरहेको नेता नेपालले बताउनु भयो।

बनेपा नगरपालिका
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

वि.सं.२०८१ पुस ३ बुधवार २१:०२

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्स,...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...